वीरगन्ज, १२ बैशाख । अवैध हतियार र लागू औषधको कारोबार गर्ने एक प्रहरी सहित ८ जना गिरोहलाई विरगंज प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई स्वचालित पेस्तोल २ थान, म्याग्जिन २ थान, लागूऔषध डाइजिपाम, नुर्फिन र फेनार्गन गरेर ३ सय एम्पुल र निट्राभेट ट्याब्लेट १ हजार २ सय पिस सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रौतहटको सखुवा नगरपालिकाका जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान अवधेश यादव, मकवानपुरको मनहरी गाउँपालिका ५ का २५ वर्षीय राजु रानामगर, पर्साको वीरगन्ज महानगरपालिका १२ मुर्लीका ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्दप्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का २४ वर्षीय नन्दन सिंह र रोशन सिंह रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर