काठमाडौँ, १२ वैशाख । ललितकला लेखनलाई प्रभावकारी बनाउने उध्देश्यले एक दिवसीय लेखन कार्यशाला गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा गरिएको उक्त कार्यशालामा कलालेखनका विविध पक्षमाथि अवधारणापत्र प्रस्तुत गरिएको थियो ।
नक्सालस्थित प्रतिष्ठान परिसरमा शनिबार भएको उक्त कार्यशालाको उद्घाटन गर्दै कुलपति केके कर्माचार्यले कलालेखन पहिलेभन्दा राम्रो भए पनि अझै फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको पहिलो सत्रमा वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथ खनालले सही ढङ्गले कलालेखन भएमा मात्रै कलाको चर्चा परिचर्चा आममानिससम्म पुग्न सक्ने भनाइ राख्नुभयो ।

नेपाली कलाको ऐतिहासिकता निकै वैभवशाली रहेको जनाउँदै हस्तकला विभागका प्रमुख प्राज्ञ धर्मराज शाक्यले ललितकलालाई कसरी हेर्ने, बुझने, पढ्ने र कसरी लेख्ने भन्ने विषयमा केन्द्रित रहेर कार्यशाला गरिएको बताउनुभयो ।
‘एक दिवसीय कला लेखन कार्यशाला–२०७८’ मा पाँच जना विज्ञले अवधारणापत्र प्रस्तुत गर्नभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा समालोचक उपप्राध्यापक तेजविलास अधिकारीले ‘समाज र ललितकला’ विषय, ‘कला पत्रकारिताको अन्तर्य’ विषयमा कलाकार तथा कलालेखक केशवराज खनाल,
त्यस्तै कार्यशालामा ‘कलाकृतिः कलालेखन’ विषय कलाकार तथा कलालेखक देवेन्द्र थुम्केली, मिथिला कलाकार एससी सुमनले ‘नेपाली हस्तकलाको विविध स्वरूप’का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर