काठमाण्डौं, ६ बैशाख । लेबनानको सैन्य समूह  हिजबुल्लाहले इजराइलको उत्तरी क्षेत्रमा ड्रोन र मिसाइल हमला गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार सो हमलामा परी १४ जना इजराइली सेना घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

यो हमला हिजो बुधबार भएको हो । हिजबुल्लाहले हमलाको निशाना उत्तरी इजराइलको अरब अल अरमशीको बेदोइनमा रहेको सैन्य अड्डालाई बनाएको थियो ।

इजराइली डिफेन्स फोर्स (आइडिएफ)ले पनि हिजबुल्लाहले इजराइलमाथि आक्रमण गरेको स्वीकारेको छ।

हिजबुल्लाहले उक्त हमलालाई इजराइलले मंगलबार लेबनानमा गरेको आक्रमणको जबाफ भनेको छ । इजराइलको उक्त आक्रमणमा हिजबुल्लाहको फिल्ड कमाण्डरसहित ३ लडाकुको मृत्यु भएको थियो।

विगत ६ महीना अघिदेखि इजराइल र हिजबुल्लाहबीच आक्रमण प्रत्याक्रमण भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर