काठमाडौँ,९ वैशाख । पशुपति क्षेत्र विकास कोषले श्री पशुपतिनाथ, गुहेश्वरी लगायतका मन्दिरमा वैशाख १० गतेबाट दर्शनका लागि अर्को व्यवस्था नभएसम्म सर्वसाधारणलाई रोक लगाएको छ ।

कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको कोषव्दारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तर श्री पशुपतिनाथ, गुहेश्वरी लगायतका मन्दिरमा नित्य पूजामा भने रोक नलगाइएको विज्ञप्तिमा जनाइएको छ, ।

कोषले यस निर्णयबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर