काठमाडौँ, २६ चैत । .प्रमुख प्रतिपक्ष दल कांग्रेसले राखेको मागका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाउनु भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ

कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी स‌ंलग्नता सम्बन्धमा छानबिन समिति माग गरेको थियो ।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको भन्दै अहिलेसम्म कांग्रेसले सदाशयतापूर्वक प्रस्तुत भए पनि अब सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्ने बताउनुभयो ।

ुअहिलेसम्म हामीले संसद्लाई अवरुद्ध गरेका छैनौँ । सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदै छ । सरकार यतिका नागरिकको विचल्ली भएको छ, त्यसप्रति संवेदनशीलरगम्भीर हुन सकेको छैन । हामीले संसदीय छानबिन समितिको न्यूनतम माग्दा पनि सरकार तयार नभएकाले अब संसद्‍मा कुनै बैठक र कामकारबाही अवरुद्ध भए भने त्यसको जिम्मा सरकारले लिनुपर्छ,ु प्रमुख सचेतक लेखकले बताउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र कांग्रेस प्रमुख सचेतक लेखक, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला सहभागी थियो । यसैगरी रास्वपाका सभापति रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार र माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सचेतक हितराज पाण्डेकोे उपस्थित थियो ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर