काठमाडौँ, २१ चैत । बराह क्षेत्र नगरपालिका–१, चतराधाम सुनसरीमा यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थानका रुपमा विश्वमा परिचित गराउने उद्देश्यले बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

महाकुम्भ मेलामा नेपाल, भारत, बङ्गलादेशसहित १० देशबाट एक करोडभन्दा बढी भक्तजन आउने विश्वास गरिएको गुरु देवाचार्यले जानकारी दिनुभयो । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेलाको आयोजना गर्ने गरिएको छ । सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर