काठमाडौं, ७ बैशाख । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमण (कोभिड१९) बाट ११ जना सङ्क्रमितको मृत्यु भएको छ ।
यससँगै अहिलेसम्म ३१०२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा ८०५५ जनाको आरटी पीसीआर परीक्षण गर्दा १६६७ जना सङ्क्रमितको पुष्टि भएको छ ।
यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ भने ८६५९ जनामा सक्रिय सङ्क्रमण देखिएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६९ जनामा एन्टीजेन
पाइएको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५१ जना सङ्क्रमित विसेक भएका छन् । अहिलेसम्म २ लाख ७५ हजार ८०६ जना विसेक भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर