काठमाडौँ, ७ वैशाख । नेकपा एमालेका पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली विरोधी सांसदहरुले वरिष्ठ नेता माधवकुमार नेपाल सहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेपछि आज दिउँसो बैठक बोलाएका छन् ।

पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोप लगाउँदै पार्टीले २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको थियो ।

यसअघि पार्टीले वरिष्ठ नेता नेपालसहित, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई छ महिनाका लागि पार्टीबाट निलम्वन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर