
काठमाडौं, ६ वैशाख । हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उहाँको परिवारलाई कोरोना संक्रमण देखिएको छ ।
कलाकार श्रेष्ठले सो कुरा आज सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको हो ।
उहाँँले आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई समेत कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको छ ।