काठमाडौं, ६ वेशाख । पछिल्लो चौविस घण्टामा ७ हजार ५ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरस संक्रमण (कोभिड१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस सँगै अहिले कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।

यस्तै पछिल्लो चौविस घण्टामा आठ जना संक्रमितको मृत्यु भएको छ । यस सँगै संक्रमित मृतकको संख्या ३ हजार ९१ पुगेको छ ।
पछिल्लो चोविस घण्टामा २ सय ५५ जना संक्रमित विसेक भएका छन् । यस सँगै विसेक हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये ६३४ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। जसमध्ये काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर