काठमाडौँ, ५ वैशाख । कलाकार तथा कलालेखक मदन चित्रकारद्वारा लिखित ‘थट्स अफ म्युजिङस’ सार्वजनिक भएको छ ।
सिर्जना कलेज अफ फाइन आर्टस लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कृतिको विमोचन गर्नुभएको थियो ।
कलाकार तथा लेखक चित्रकारले नेपाली कलालाई चिनाउने र यसका विभिन्न आयामलाई दस्तावेजीकरण गर्ने लक्ष्यका साथ पुस्तक प्रकाशन गरिएको जानकारी दिनुभयो ।
अङ्ग्रेजी भाषामा लेखिएको पुस्तकले नेपाली कलामा चलेका विविध शैली, आन्दोलन, विचार, परम्परा, कलाकार तथा तिनका कलाकृतिलाई बुझ्न सघाउँछ ।
पुस्तकमा नयाँ तथा पुराना पुस्ताका कलाकारका कलाकृति तथा तिनका बारेमा चर्चासमेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर