काठमाडौँ, १७ माघ । मुकुन्दले यतिखेर भूकम्पिय पीडालाई उजागर गरिएको नयाँ गीत सार्बजनिक गरेका छन्। उनको आफ्नै युटुब च्यानल मार्फत हालै सार्वजनिक गरिएको यस गीतमा उनले नेपालमा पटक पटक गएको भूकम्पले दिएको पीडालाई सचित्र उतारेका छन्। त्यसैगरी सागर अधिकारी (शरद) ले गीतको मर्म अनुसारको सुमधुर स्वर दिएका छन्। राम्रो मीठाे संगीतमा सजिएको यो गीत मार्मीक हुँदाहुँदै पनि सुन्दा ज्यादै कर्णप्रिय लाग्छ। यस गीतमा मुकुन्दको शालिन र गम्भीर स्वभाव प्रतिविम्बित भएको पनि पाईन्छ।
उनी भन्छन् भूकम्पले यस मुलुकलाई धेरै पटक थिलो थिलो हुनेगरी थलापारेकोछ। नब्बे सालको महाँ भुकम्पको त्राशदी र क्षतिको वर्णन उनले पाको पुस्ताबाट धेरै सुनेका थिएँ। जस्मा आठ हार बढीको ज्यान गएको र हज्जारौं मानिस घाईते भएका र मुलुकका थुप्रै अमुल्य सम्पदा नास भएको बर्णन हुन्थ्यो। अब सायदै नब्बे सालको भूकम्पलाई आफ्नै आँखाले देखेकाे र भोगेको पुस्ता मुस्किलले भेटिएलान। बर्तमान पुस्ताले भने नब्बेसाल पछिका भूकम्पलाई राम्रैसंग अनुभव गरेका छन्।
नब्बे साल यताका थुप्रै भूईचालोले पनि पटक पटक धेरै नै जन धनको क्षति पुर्याएको र अमुल्य सम्पदा नाश गरेको बिर्सनै नसकिने बताउँछन् उनी। तिनैमध्ये ७२ सालको भूकम्पले दश हजार बढीको ज्यान लिएको र हजारौं मानिसलाई घाईते बनाएको थियो । त्यो ७२ सालको भूकम्पको पीडाको आलोघाउमा अझै खाटा बसिनसक्दै हालै फेरि रुकुम जाजरकोट आसपासमा तिनै ठूला भूकम्पको झल्को दिनेगरी जनधनको क्षति हुन पुगेको घटनालाई आधार बनाएर उनले यो गीत रचेकाे बताउँछन् मुकुन्द। उनी भन्छन् हाम्रो मुलुक भूकम्पिय जोखिममा रहेको भनाई सार्बजनिक भैरहेको अवस्थामा यस प्रकारका गीतले सामाजिक रुपमा जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरी यो गीत सार्बजनिक गरेकाे बताउँछन्।
