कर्णाली, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल हुनु भएको छ ।
उहाँले प्रदेशसभाको साताँै अधिवेशनको पहिलो बैठकमा आज विश्वासको मत लिनुभएको हो । सभामुख राजबहादुर शाही सो सम्बन्धी प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो । हाल प्रदेशसभामा ३९ सदस्यकायम रहेको प्रदेशसभा सदस्य मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्नुभएको हो ।
प्रदेशसभामाकायम सदस्यमा सभामुखसहित २० नेकपाएमाले, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन् । माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेकोले उहाँको पद भने रिक्त रहेका बैठकमा सभामुख शाहीले जानकारी दिनुभयो ।
कांग्रेसका छ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई समर्थन दिएका थिए । यसैगरी नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।
फ्लोर क्रस गर्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा छन् । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ। दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले जानकारी दिनुभयो ।
