काठमाण्डौं, २३ पुस । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम छनोट गरेको  छ । उम्मेदवारको छनोट केन्द्रीय कार्यालय सानेपामा हिजो राति अवेरसम्म बसेको काँग्रेस पदाधिकारीको बैठकले गरेको हो ।

राष्ट्रियसभा निर्वाचनको लागि आज सोमबार उम्मेदवारहरूले नामांकन दर्ता गरिसक्नु पर्ने  निर्वाचन आयोगको कार्यतालिका छ ।

काँग्रेसले छानेका उम्मेदवारहरूमा कोशीमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्दप्रसाद ढुंगाना ,वाग्मतीमा जीतजंग बस्नेत र  विष्णुदेवी पुडासैनी रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार अनि लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटा काँग्रेसको उम्मेदवार हुने भएका छन् भने कर्णालीमा कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा बलदेव बोहरा र  नारायणदत्त भट्टले टिकट पाएका छन् ।

पार्टीको यो  निर्णयमा काँग्रेसका महामन्त्री गगनकुमार थापाले विमति जनाउनुभएको छ । “केन्द्रीय कार्यसमितिले गरेको निर्णयभन्दा फरक मापदण्डबाट उम्मेदवार चयन  गरिएको” भन्दै उहाँले लिखित विमति दर्ज गर्नुभएको छ ।

काग्रेसले सत्ता गठबन्धनको भागबण्डामा १० सिट पाएको छ । त्यसमा शेखर समूहले ४  सिटको भाग पाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर