काठमाण्डौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ।

गजुरेलको राजीनामा मंसिर २० गतेदेखि लागू हुने गरी स्वीकृत भएको प्रधानमन्त्री सचिवालयले जनाएकाे छ।

उहाँको राजीनामा एक महिनापछि स्वीकृत भएको हो । गजुरेलले प्रधानमन्त्रीलाई मङ्सिर २० गते नै राजीनामा दिनु भएको थियो । उहाँले  राजीनामा दिनुको कारण भने केही खुलाउनु भएको थिएन। भनिन्छ गजुरेल प्रधानमन्त्री प्रचण्डको कार्यशैलीबाट सन्तुष्ट हुनुहुन्थेन ।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता गजुरेललाई प्रधानमन्त्री दाहालले साल माघ ९ गते राजनीतिक सल्लाहकारमा नियुक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर