पोखरा, १ वैशाख । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक प्रेस वक्तव्य जारी गर्दै सो जानकारी दिनुभएको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार विघटन हुने स्थितिमा पुगेको छ ।
वक्तव्यमा गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई आफ्नो पार्टीको समर्थन रहने पनि जनाइएको छ ।
वक्तव्यमा भावी सरकारमा वन्ने मुख्य मन्त्रीमा माओवादी केन्द्र र नेपाली कांग्रेस जो भए पनि त्यो उनीहरूबीच बन्ने समीकरणको कुरा रहेको भन्दै जनमोर्चाले त्यसलाई समर्थन गर्ने, तर सरकारमा आफ्नो पार्टी सहभागी नहुने जनाएको छ ।