काठमाडौँ, ३१ चैत३१ चैत। भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा १ लाख ६१ ह्जार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

गत २४ घण्टामा भारतमा १ लाख ६१ हजार ९१२ जना थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयताकै धेरै मध्येमा पर्दछ ।

भारतमा हिजो मात्र पनि १ लाख ६८ हजार जनामा कोरोना संक्रमण भएको पाइएको सरकारी स्रोतले सोमबार जनाएको थियो । पछिल्ला केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । यहाँ मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ ।त्यसैगरी भारतमा गएको २४ घन्टा यता ८७९ जनाको यस संक्रमणका कारण मृत्यु भएको छ । यो समेत गरी यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७१ हजार नाघेको छ । कोरोना  शुरु भएयता हालसम्म भारतमा एक लाख ७१ हजार ५८ जनाको मृत्यु भएको केन्द्रीय सरकारले मंगलबार जानकारी दिएको छ ।गएको आइतबार मात्र भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सबैभन्दा उच्च हो । भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३६ लाख भन्दा बढी भएको जनाइएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १ हजार ४८० को निधन
३१ चैत  ः ब्राजिलमा एकैदिनमा अझै पनि एक हजार जना भन्दा बढीको ज्यान गएको बताइएको छ । समाचारमा जनाइएअनुसार यहाँ सोमबार मात्र पनि कोरोना महामारीको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या एक हजार नाघेको छ ।

ब््रााजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यहाँ यो संक्रमणबाट कम्तीमा पनि एक हजार ४८० जनाको ज्यान गएको छ । यहाँ गएका कैयौँ दिनदेखि कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या कम्तीमा पनि एक हजार घटेको छैन । सोमबार पनि यहाँ ठूलो संख्याका नागरिक यस महामारीबाट संक्रमित बढेका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र पनि ३५ हजार जना भन्दा बढी व्यक्तिमा यो महामारीको संक्रमण देखा परेको छ । प्राप्त समाचारमा यो महामारीबाट यहाँ दिनहुँ हजारौँ जना संक्रमित हुने गरेका पनि बताइएको छ ।

यहाँ कोरोना संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३ लाख ५४ हजार ६१७ जनाको ज्यान गएको छ । ब्राजिल कोरोनाको संक्रमणबाट ज्यान जानेमा दोस्रो नम्बरमा पर्दछ । कोरोना महामारीबाट सबैभन्दा धेरै नागरिकको मृत्यु भएको भने संयुक्त राज्य अमेरिकामा हो । अमेरिकामा पनि यो महामारी पछिल्लो समयमा झनै बढ्दै गएको देखिएको छ ।

ब्राजिलमा १ करोड ३५ लाख जना नागरिकमा यो संक्रमण देखिएको छ । प्राप्त समाचार अनुसार यहाँ सोमबार सम्ममा संक्रमित हुनेको संख्या १ करोड ३५ लाख १७ हजार ८०८ जना पुगेका छन् । ब्राजिलको साओ पाओलो शहर यहाँको सबैभन्दा धेरै प्रभावित शहर हो । यो शहरका मात्र ८० हजार जनाभन्दा बढी नागरिकले यही महामारीबाट ज्यान गुमाएका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर