काठमाडौँ, ५ भदौ । एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई नभएको कुरा एमालेका सचेतक महेश बर्तौलाले बताउनुभएको छ ।
उहाँले राष्ट्रपतिले बोलाएको बैठकमा एमाले सहभागी नहुनुको कारण यही भएको बताउनुभएको छ।
ुु’राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र सरकार हो । सरकारले मैले सकिनँ‚ गरिदिनुपर्यो भनेको जस्तो पनि लाग्दैन । सरकार र प्रधानमन्त्री स्वयं रात बिहान प्रमुख प्रतिपक्षी दलले संसद्मा उठाएको मागको विषयमा छलफल र बैठकमा हुनुहुन्छ ।’उहाँले स्पष्ट पार्नुभयो ।