काठमाडौ, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् सञ्चालन गर्न आज सिंहदरबारमा बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष सकिएको छ।

राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूसँगको छलफलमा सहमति नजुटेपछि विनानिष्कर्ष बैठक सकिएको हो ।
बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैले आफ्नो अडान नछानेपछि बैठक निष्कर्षविहीन भएको हो।

सुन तस्करी प्रकरणको छानबिनमा उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ। बैठक भोली पुनः बस्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर