काठमाडौँ, २४ चैत । ललितकला क्षेत्रको उत्सवको रुपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ ।

पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरी आगामी वैशाख २ गतेबाट शुरु हुन लागेको प्रदर्शनी यसपाली स्वच्छ, पारदर्शी र व्यवस्थित गर्न लागिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो । प्र्रदर्शनी सञ्चालनका लागि कर्माचार्यको संयोजकत्वमा ८४ सदस्यीय मूल समिति बनेको छ । त्यस्तै कार्यकारी समिति र उपसमिति गठन गरेर तयारी तिब्र पारिएको छ । प्रतिष्ठानले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस पटकको प्रदर्शनीमा ४४४ कलाकारका ५९६ कलाकृति समावेश हुने जानकारी दिएको छ । केही कलाकृति छनोटमा नपरेको कुलपति कर्माचार्यले जानकारी दिनुभयो ।

यसवर्ष प्रदर्शनीमा प्रदेश १ बाट ३१, प्रदेश २ बाट ६३, वाग्मती प्रदेशबाट २८९, गण्डकी प्रदेशबाट ४०, लुम्बिनी प्रदेशबाट ३३, कर्णाली प्रदेशबाट ९ र सुदुरपश्चिम प्रदेशबाट आठ कलाकारका सिर्जना समावेश गरिएको छ । गएको वर्षको प्रदर्शनी भने कोभिड–१९ का कारण प्रभावित बनेको थियो । औपचारिकरुपमा नभए पनि अनलाइन माध्यमबाट कार्यक्रम गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने प्रदर्शनी आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा गरिने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर