काठमाडौ, १२ जेठ । नेपालीहरूलाई नक्कली भूटानी शरणार्थी बनाइ अमेरिका पठाउन खोज्ने ३०जना मध्ये १६ जना प्रतिवादीहरुको बयान लिन आजबाट शुरु भएको छ।
उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष बयान लिइनेछ।
उनीहरु बिरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । १४ जना भने अझै फरार छन्।

उक्त प्रकरणमा १६ जना पक्राउ गरिएको र उनीहरूलाई अदालतमा बयान गराइनेछ । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतबिरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर