काठमाडौं, १ जेठ। भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध नेपाल विद्यार्थी संघले आज विरोध प्रदर्शन गरेको छ ।
उक्त विधेयक संसदमा विचाराधिन छ ।
विरोधका क्रममा जुलुस निषेधित क्षेत्र प्रवेश गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले प्रेमिका रानामगरलाई नियन्त्रणमा लिएको छ ।
उक्त घटनामा धर्म शाही र हिक्मत शाहीलाई चोट लागेको संघले जनाएको छ ।