काठमाडौ, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणलाई सरकारले निष्पक्ष छानबिन गरेर टुंगोमा पुर्याउनुपर्ने माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिचन्द्र क्याम्पस इकाइले आज यहाँ प्रदर्शन गरेको छ ।
नेविसंघ नेता गोविन्द कोइरालाले देशमा व्याप्त समग्र भ्रष्टाचार काण्डहरूमा निष्पक्ष छानबिन हुनुपर्छ भनेर प्रदर्शन गरिएको हो,’ उहाँले बताउनु भएको छ ।
प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय समिति सदस्य बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्न समेत माग गरिएको छ ।