काठमाडौँ, ६ वैशाख ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा भएको संवैधानिक परिषद्को बैठक  निष्कर्षविहीन भएको छ ।

बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिए । प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो र बैठक स्थगित भयो, बैठकको अर्को मिति पनि  तोकिएको छैन ।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहुन थियो ।

बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल हुने कार्यसूची थियो । प्रमुख तीन दलबीच केही दिनअघि संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर