काठमाडौँ, ३ वैशाख । प्रतिनिधिसभाको आजको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले उहाँको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तुम्बाहाम्फेको गत चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको हो । बैठकमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्न एक मिनेट मौन धारण गरिएको थियो ।रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर