काठमाडौ, १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई छ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्नुभएको छ ।
उहाँहरुले पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरिएको हो।
यसअघि अध्यक्ष ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गर्नुभएको थियो ।
