काठमाण्डौं, २४ चैत । नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पु¥याइ हमला गर्ने एक जना व्यक्ति पक्राउमा  परेका छन् ।

पक्राउमा पर्ने व्यक्ति स्याङ्जाको वालिङ नगरपालिका–१० घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१६ मा घर धनीको इन्टरनेट प्रयोग गरी बस्ने २१ वर्षका सागर ढकाल हुन्।

उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पोखरामा पक्राउ गरेको हो ।

ब्युरोको अनुसन्धानका क्रममा उनी पोखरामा रहेको थाहा पाएपछि ब्यूरोको टोलीले उनलाई पोखराबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो ।

उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो ।

नेपाली सेनाबाट केही अघि साइबर स्पेशमा पहुँच पु¥याइ साइबर हमला भएको देखिन आएकाले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि ब्यूरोमा पत्राचार भएको थियो । सोही पत्राचारका आधारमा साइबर हमलाको प्राविधिक विशलेषण, ह्युमन इन्टेलिजेन्स तथा अनुसन्धानका आधारमा उक्त ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर