काठमाडौँ, २४ चैत । विदेशमा रोजगारका क्रममा मृत्यु भएका व्यक्तिहरुको शवमाथि पनि ठगी हुने गरेको पाइएको छ ।

मृतक व्यक्तिका परिवारले पाउने बिमा रकम मिलाइ दिने भन्दै ठगी गर्ने ६ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
उनीहरुलाई आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

‘जब विमानस्थलमा शव भित्रिन्छ, त्यसपछि ती व्यक्तीहरु परिवारसँग नजिक हुने गर्छन्, परिवारसँग नजिक भई बिमा रकम दिलाइदिने बताउँछन्’ ठगीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले भन्नुभयो ।
उनीहरुले पीडितको घरमै पनि पुगेर बिमाको सम्पूर्ण डकुमेन्ट मिलाइदिने र बिमा रकम आइसकेपछि ठगी गरेको पाइन्छ उहाँले वताउनुभयो ।

प्रहरीको अनुसन्धानमा बिमावापत पीडित परिवारले १३ लाख पाउनुपर्नेमा, गिरोहले ५ लाख मात्रै दिलाएर आफूले ७ लाख लिएको पाइएको उहाँले बताउनुभयो ।

यसरी पक्राउ पर्नेमा काभ्रेका रामबहादुर तामाङ, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर