काठमाडौँ, ६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीमाथि हिजो पनि विश्वासको मत दिएका थियौँ र आज पनि मत दिन्छौँ ।” उहाँले यसअघि विश्वासको मत दिए पनि प्रतिपक्षमा बसेको भए पनि अब भने सत्तापक्षको बेञ्चमा बस्न तयार रहेको बताउनुभयो ।
निर्वाचन अगाडिको पाँच दलीय गठबन्धनको घटकका रुपमा लोसपा रहेकाले विश्वासको मत दिइएको उहाँले प्रष्ट पार्नुभयो ।
“हामी तत्कालीन गठबन्धनमा रहेर गत आम निर्वाचनमा भाग लिएका थियौँ । निर्वाचनपछि स्वाभाविक ढङ्गबाट एउटा कोर्समा जानुपर्ने थियो । त्यसमा हठाथ् घटनाक्रमले जे जस्तो अवस्था आए पनि हामीले सरकारलाई समर्थन गरेका थियौँ”, उहाँले भन्नुभयो ।
स्थायित्वका लागि सरकारलाई समर्थन गरेको जनाउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मजबुतका विश्वासको मत दिने स्पष्ट पार्नुभयो ।