काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि भएको मतदान प्रकृया सम्पन्न भएको छ भने मतगणना ४ बजेपछि हुने भएको छ ।
राष्ट्रपति उमेदवारका प्रतिनिधिहरु र निर्वाचन आयोग बीच भएको सहमती अनुसार मतगणनाका लागि सो समय सहमति भएको हो ।
सहमती अनुसार संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना हुने छ साथै मतगणनामा उम्मेदवारका एक एक जना प्रतिनिधि रहनुहुनेछ । रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि रहनुभएको छ ।