धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ ।

प्रदेशसभाको आज वसेको बैठकमा मुख्यमन्त्री शाहले पेश गर्नुभएको प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको छ ।

यो मत ५३ सदस्यीय प्रदेशसभाको दुई तिहाइ भन्दा बढि हो ।

२६ माघमा संविधानको धारा १६८ को उपधारा(३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको शाहलाई कांग्रेसबाट १९, माओवादी केन्द्रबाट (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टी ७, नेकपा एकीकृत समाजवादी ४ र स्वतन्त्र सांसद डा.तारा जोशीले विश्वासको मत प्राप्त भएको थियो ।

एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह २६ माघमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर