काठमाडौ, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २५ गतेपछि मात्रै विश्वासको मत लिनुहुने भएको छ ।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन भएको र सो निर्वाचनमा सवै शिर्ष नेताहरु सक्रिय रहनुपरेको कारण विश्वासको मत पछि लिनु परेको वताइएको छ ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने स्थिति आएको वताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठक चैत ५ गते बोलाइएको छ,’ उहाँले भन्नुभयो ,‘प्रतिनिधि सभा बैठकको मितिका कारणले समेत राष्ट्रपतिको चुनावअघि विश्वासको मत लिइँदैन भन्ने हो।’

कांग्रेस र नेकपा (एमाले) दुबैले प्रमुख विपक्षी दल आफू रहेको दाबी गरेपछि आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मको लागि सरेको हो।

दाहाल पुस १० गते २६८ मत प्राप्त गरी प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

तत्कालीन गठबन्धनका दलहरू एमाले र राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएपछि संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिनु पर्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर