काठमाडौं, १४ फागुन । विभिन्न जिल्लाबाट विभिन्न प्रलोभन देखाइ काठमाडौं ल्याएर किशोरीहरुलाई बन्धक बनाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
सो घटनामा एकजना चिनियाँ नागरिक पक्राउ परेपनि संलग्नता अन्य तीन चिनियाँ नागरिकको रहेको बुझिएको छ ।
पक्राउ पर्ने चिनियाँ नागरिक याङ लि मिङ रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीले वताउनु भएको छ ।
उहाँका अनुसार प्रहरीले ५ जना किशोरीलाई उद्दार गरेको र तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको छ।
ती किशोरीहरुलाई ललितपुरको गोंगटीमा राखेको पाइएको छ ।
एक जना किशोरीले परिवारसँग सम्पर्क गरेपछि ब्यूरोसम्म सो कुरा पुगेको थियो ।
सुवेदीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
