काठमाडौँ, २२ माघ । भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बुले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो ुतिम्रै हुनेछुु सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा गायक लिम्बुलाई गायिका ममता गुरुङले स्वरमा साथ दिएकी छिन्।
यस गीतलाई चर्चित गीतकार डि।पी खनालले लेखेका हुन् भने लोकप्रिय संगीतकार शंकर थापा ुस्माइलुले संगीतवद्द गरेका हुन्। विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बिचको प्रेम कथालाई प्रस्तुत गरिएको छ।
बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्। दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशव राज भाटको निर्देशनमा तयार पारिएको हो। भिडियो ुडी मिङसो म्युजिकु नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
भिडियो लिंक: https://youtu.be/hPdM9ZZiMWk
