काठमाण्डौं, २४ पुस । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार उहाँलाई आज आइतबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त जानकारी अनुसार मुख्यमन्त्री कार्कीको शपथ कार्यक्रम सोमबार दिउँसो २ बजे रहेको छ ।

नव नियक्त मुख्यमन्त्री कार्की झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुहुन्छ । उहाँ यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदको समर्थन रहेको छ । प्रदेश १ मा ९३ सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर