काठमाण्डौं, १४ असोज । काठमाण्डौं गोठाटारमा भएको लाल मोहम्मद अन्सारीको हत्या-आरोपमा केही दिन अघि पक्राउ परेका तीन जनालाई प्रहरीले आज शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की सुमी भनिने सुस्मिता स्याङताङ छन् ।

काठमाण्डौं  प्रहरी परिसरले सार्वजनिक गरेको जानकारी अनुसार, वीरगन्जका मोहम्मद महोरम र रेहानले अन्सारीको हत्याको योजना बनाउनुका साथै हत्यारालाई पेस्तोल उपलब्ध गरेका थिए । सुस्मिताले अन्सारीको गतिविधि निगरानी गरेको थिइन् ।

गत असोज ३ गते काठमाडौंको गोठाटारमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।

घटनाका मुख्य योजनाकार लामो समयदेखि काठमाडौं बस्दै आएका नितिन मदन भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार, नितिन मदन भने फरार छन् ।

सो हत्याकाण्डको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर