काठमाडौं, ३ असोज । चर्चित संगीतकर्मी शुभबहादुर सुनामको आज बिहान ७४ वर्षको उमेरमा निधन भएको छ ।  सेक्सोफोन बाजालाई नेपाली संगीतको वाद्यवादनमा स्थापित गर्ने कार्यमा उहाँको विशेष भूमिका रहेको छ ।

उहाँको नाति एलिश कार्कीका अनुसार छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा बिहान ५ बजे निधन भएको हो ।

लामो समयदेखि किड्नीको रोगबाट पीडित सुनामलाई राति असहज भएपछि अस्पताल लगिएको थियो ।

 

दाहसंस्कारका लागि उहाँको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा लगिनुका साथै सैनिक सलामीसहित उहाँलाई अन्तिम श्रद्धाञ्जली दिइयो ।

संगीतकार संघका पदाधिकारीसहित फिल्म र संगीतकर्मी पनि आर्यघाटमा उपस्थित थिए ।

उहाँले ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म हुुनुभएको थियो ।
उहाँले फिल्म, भजन, आधुनिक टीभी सिरियल, पप, बालगीत र राष्ट्रिय ७७५ भन्दा बढी गीतमा संगीत भर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर