काठमाडौँ, १६ भदौ । जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा प्रदान गर्ने बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कारको घोषणा गरेको छ ।

रु एक लाख एक हजार राशिको यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार  कृष्णप्रसाद गौतमलाईप्रदान गर्ने निर्णय गरिएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सो निर्णय गरेको हो ।

ट्रस्टले प्रतिवर्ष प्रदान गरिने रु ५१ हजार राशिको बिपी सेनानी सम्मान पुरस्कार यस वर्ष प्रजातन्त्र स्थापनाको सङ्र्घषमा महत्वपूर्ण योगदान दिने ९१ वर्षीया शान्ति कार्की ९वीरगञ्ज० लाई दिने निर्णय गरेको छ । कोइरालाको १०९औँ बिपी जयन्ती, भदौ २४ गते ती सम्मान प्रदान गरिने ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर