काठमाडौं, ३१ साउन । तीन वर्षदेखि क्यान्सरसँग जुझिरहनु भएको गायिका स्मिता घिमिरेको निधन भएको छ।
उहाँको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो । उहाँ बोनम्यारोको क्यान्सरबाट पिडित हुनुहुन्थ्यो ।
उहाँको हिजो नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो।
हराएको मुस्कान उपन्यासकी लेखिका स्मिताले ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ ुके भो आज भोलि ु लगायत थुप्रै नेपाली गीतहरु गाउनुभएको छ ।
भूपू प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी र सबिता अर्यालकी छोरी स्मिताले मनोविज्ञान र नेपालीमा स्नातक गर्नुभएको थियो।
