काठमाडौं, १८ साउन । विमानमा एक शंकास्पद यात्रुबारे सूचना पाएपछि मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले चेकजाँजका लागि रोकेको छ ।

उक्त विमानबाट मुम्बई जान चढेका एक यात्रुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकका अनुसार प्रहरीले चेकजाँच गरिरहेको र विस्तृत सूचना आउन बाँकी रहेको छ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथले सो जहाजलाई प्रहरीको आग्रहमा रोकिएको बताउनु भएको छ ।
विमानमा चढ्ेन संकास्पद व्यक्ति सुन तस्करीमा संलग्न रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर