काठमाडौ, १३ श्रावण । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिका सरकारलाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र परराष्ट्र मन्त्रालयले पठाईएको वताउनुभएको छ ।

मन्त्री खड्काले उक्त जानकारी प्रतिनिधिसभामा आजको बैठकमा दिनुभएको हो ।
उहाँले साउन ९ गते नै कूटनीतिक माध्यमबाट अमेरिकी सरकारलाई लिखित जानकारी पठाइएको स्पष्ट पार्नुभएको छ ।

एसपीपीबारे संसदमा बारम्बार प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सो सम्बन्धमा जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको थियो ।

मन्त्री खड्काले पत्राचारका सम्वन्धमा आन्तरिक परामर्श गर्नुपर्दा केही समय लागेको भन्दै उहाँले सांसदहरूको संशयप्रति आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो‚ ‘एसपीपीका विषयमा सरकार प्रस्ट थियो र‚ छ । नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयमा संशय व्यक्त गर्नु कदापि अस्वभाविक नै हुन्छ ।’

स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति अपनाएर कसरी राष्ट्रिय हित हुन्छ भन्नेबारे सरकार सक्षम रहेको पनि मन्त्री खड्काले स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर