काठमाडौं, २२ असार । नेपालमा रहेका तिब्बती शरणार्थीहरुले आज जाउलाखेलमा एक विशेष समारोह बीच धार्मिक नेता दलाई लामाको ८७ औं जन्मदिन मनाएका छन्।
उहाँ १४ औं दलाई लामा हुनुहुन्छ । विश्व शान्तिको कामना गर्दै मनाइएको सो कार्यक्रम लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस)ले गरेको हो।
तिब्बती शरणार्थीहरुले तिब्बती परम्पराअनुसार मनाइएको सो कार्यक्रममा दलाई लामाको तस्बिरमा पूजाअर्चना गरी दीर्घायुको कामना गरिएको थियो ।
समारोहमा नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख म्यानुअल पी. मिकलर, जापान, फान्स, युरोपियन युनियनलगायतका विदेशी कूटनीतिज्ञ सहभागी भएका छन् ।
विश्वभर छरिएका तिब्बती शरणार्थीहरुले जुलाई ६ का दिन धार्मिक नेता लामाको जन्मदिन मनाउँने गरेका छन्।
