काठमाडौँ, २८ फाल्गुन । नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका नेताहरुसँग आज प्रधानमन्त्री निवास वालुवाटारमा भेट्नु भएको छ ।
सो भेटमा प्रधानमन्त्री ओलीले सो पार्टीसँग सत्तामा सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ ।
भेटमा नेताहरूले उठाउनुभएका माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक देखिएको जसपाका बताएका छन् ।
तर ती मागहरुका सम्वन्धमा उधारो प्रतिवध्दता आवश्यक नरहेको कुरा समेत प्रधानमन्त्री समक्ष राखिएको एक नेताले वताएका छन् ।

प्रधानमन्त्रीसँग भेट गर्नुअघि जसपाका शीर्ष नेताहरु बीच छलफल भएको थियो । सो भेटमा डा.बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राई र राजेन्द्र महतो हुनुहुन्थ्यो ।

संविधान संशोधनलाई जसपाले प्रमुख अजेन्डा बनाएको जसपाले रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा खारेजी, र लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको छ ।
३४ जना सांसद रहेको जसपाका नेताहरू मध्ये महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग निकट हुनुहुन्छ भने डा.भट्टराई र यादव माओवादी केन्द्रसँग निकट रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर