काठमाडौं  १२ असार ।अमेरिकामा रहेका गीतकार राज मुकारुङको शब्दमा रहेको ‘खुशीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर गायक राजेश पायल राईको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ। गीतलाई सहास शाक्यले संगीत संयोजन गरेका हुन्। जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेका प्रेम जोडीहरुको कथामा तयार पारिएको म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापा धुर्ब फिचर्ड छन्।

बिशाल थापाले छायाँकन गरेको यस भिडियोलाई गायक ज्वाला राईले सम्पादन गरेका हुन्। उजन नेवा शाही प्रडक्शन म्यानेजर रहेको यस भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो। भिडियो संगीतकार तुम्बापोको युट्युव च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफ़िसिएल’ मार्फत सार्वजनिक भएको हो। भिडियो मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

भिडियो लिंक: https://youtu.be/em-l8jd8E2w

प्रतिक्रिया

सम्बन्धित खवर