
काठमाडौं, ५ असार । नेपाल आइडलको मंच बाट परिचित गायक पवन गिरीको स्वर, शब्द र संगीतमा समावेश बिल्कुलै नयाँ म्युजिक भिडियो ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शाक्षी लम्साल, बिष्णु खरेल र सरोज केसीको अभिनय रहेको छ । राज पोख्रेलले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्।
अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक गिरीको आधिकारिक च्यानल ‘पवन गिरी अफिसिएल’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायक गिरीको स्वरमा रहेको ‘बधाई छ’, ‘मिल्टेरिको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देउ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्। भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।
भिडियो लिंक: https://youtu.be/HcNXUY1Sb3Y
—