
कलकत्ता, १८ चर्चित भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ)को कलकत्तामा निधन भएको छ।
हिजो साँझ कलकत्तामा सांगितिक प्रस्तुती सकेर होटलमा गएपछि उनको निधन भएको हो।
कार्यक्रम समापनपछि होटलमा आउन साथ उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कलकत्ताकै मेडिकल रिचर्स इन्चिच्युट अस्पताल लगिएको थियो। तर, बाटैमा उनको निधन भयो।
५३ वर्षका गायक केकेले मंगलबारको आफ्नो कार्यक्रमको झलक सामाजिक सञ्जालमा समेत सेयर गरेका थिए। उनले कलकत्ताको नाजरुल मञ्च प्रस्तुती दिएका थिए।
चिकित्सकले उनको निधनको कारण हृदयघात भएको बताएका छन्।