काठमाण्डौं, १३ जेठ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको प्रमुखमा संघिय सत्ता गठबन्धनका उम्मेदवार रामकृष्ण खाण विजयी हुनुभएको छ।
उहाँ नेपाली कांग्रेसमा रुपन्देहीको सभापति हुनुहुन्छ भने नातामा गृहमन्त्री बालकृष्ण खाणको भाइ हुहुनुहुन्छ।
विजयी खाणले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५ मतान्तरले हराउनु भएको हो ।
निर्वाचन आयोगका अनुसार खाणले २४ हजार ३ सय ९६ मत प्रप्त गर्नुभएको छ भने पराजित चापागाईंले २३ हजार ६सय ३१ पाउनुभएको छ ।
प्रमुखमा सत्त गठबन्धनले विजय हासिल गरे पनि उपप्रमुखमा भने एमालेको उम्मेदवार जगेश्वरीदेवी चौधरी विजयी हुनुभएको छ ।
विजयी चौधरी नेकपा एमाले रूपन्देहीको उपाध्यक्ष हुनुहुन्छ । उहाँले गठबन्धनकै उम्मेदवार माओवादी कन्द्रका हेमलाल पाण्डेलाई हराउनु भएको हो ।
तिलोत्तमामा १७ वटा वडा छन् । त्यसमा नेपाली कांग्रेसले ९ वटा र एमालेले ८ वटा वडा जितेको छ।