काठमाण्डौं, १२ जेठ । काठमाण्डौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको विजय सुनिश्चित देखिएको छ ।

त्यहाँ १ लाख ८४ हजार मत गनिक्दा उहाँ सत्ताधारी गठबन्धनमा रहेका दलहरूको साझा उम्मेदवार सिर्जना सिंह भन्दा लगभग २१ हजार मतान्तरले अगाडि हुनुहुन्छ ।बालेनका प्रतिस्पर्धी सिंह नेपाली काँग्रेसको तर्फबाट गठबन्धनको उम्मेदवार हुनुहुन्छ ।

काठमाण्डौंमा १ लाख ९२ हजार मत खसेको बताइएको छ ।

पछिल्लो जानकारी अनुसार बालेन साहले ५९ हजार १ सय ४९ मत प्राप्त गर्नुभएको छ भने सिर्जना सिंहले जम्मा ३७ हजार ५ सय ४२ मत पाउनुभएको छ । मेयरका अर्का उम्मेदवार नेकपा एमालेका केशव स्थापितले ३७ हजार २ सय १८ मत प्राप्त गर्नुभएको छ ।

अब लगभग ८ हजार मत गन्न बाँकी छ । आजै भरे साँझसम्ममा काठमाण्डौंको मत गणना सकिने र त्यसपछि परिणाम घोषणा हुने निर्वाचन आयोगका एक पदाधिकारीले बताएका छन् ।

त्यस्तै काठमाण्डौं महानगरको उपमेयरमा एमालेको उम्मेदवार सुनिता डंगोलको विजय पनि निश्चित भैसकेको छ । उहाँले अहिलेसम्म सबैमन्दा बढी ६६ हजार ८ सय ७८ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी गठबन्धनकै उम्मेदवार रामेश्वर श्रेष्ठलाई जम्मा २३ हजार ३१ मत प्राप्त भएको अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर