
काठमाडौं, २८ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३०७० जनाको पीसीआर र ७१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो
पछिल्लो चौविस घण्टामा १६ जना संक्रमित विसेक भएका छन् ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १८७ जना पुगेको मन्त्रालयले जनाएको छ ।