
काठमाडौं, २६ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार १६९३ पीसीआर र १३०९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा १७ जना संक्रमित विसेक भएका छन् ।
अहिले १९० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।